अनेसासको छैटौँ च्याप्टर सम्मेलनबाट पारित ११ बुँदे घोषणा पत्र

अनेसासको छैटौँ च्याप्टर सम्मेलनबाट पारित ११ बुँदे घोषणा पत्र
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैटौं विश्व च्याप्टर सम्मेलन ११बुँदे घोषणा पत्रसहित समापन भएको छ । बिगतका कार्यनितिहरुको समिक्षा सहित अनेसासको संगठनात्मक आन्तरिक तथा बाह्य कार्यनीतिको बारेमा चरणबद्ध छलफल पछि अनुष्ठानको तेश्रो दिन बेल्जियमको आन्त्वेर्पेन शहरमा समारोह सम्पन्न भएको हो । २५ जुन बुधबार अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र संयोजक सौरभ कारंजितले अन्तराष्ट्रिय च्याप्टर सम्मेलनको अन्त्य भएको घोषणा गरेका हुन् ।
अनेसासको छैटौँ च्याप्टर सम्मेलनबाट पारित ११ बुँदे घोषणा पत्र, जसलाई सम्मेलनले अनुमोदन गरेको थियो। त्यसलाई निम्नानुशार राखिएको छ :
१) आप्रबासी नेपालीहरुका सृजनालाई पुस्तकको रुपमा प्रकाशन गर्ने कार्यलाई बिशेष प्रार्थमिकता दिने साथै प्रकासित पुस्तकको प्रचार प्रसार ,समालोचना,चर्चा र विमर्शलाई महत्व दिने।
२) नेपाली लगायत नेपालीले बोल्ने अन्य मातृभाषालाई पढ्न पढाउन प्रोत्साहन गर्दै भाषा पाठशालाको स्थापना तथा संचालनमा महत्वपुर्ण भूमिका खेल्ने।
३) पाठ्यक्रम बिकास र निरन्तरतालाई सहजीकरण तथा सरलीकरण गर्दै स्कुलहरुमा साहित्यिक गतिबिधि तथा पहिचानका कार्यक्रमहरु विद्यार्थीको बिचमा गर्ने गराउने।
४)च्याप्टरले बालबालिकालाई भाषा सिक्न र साहित्य लेखनको लागि बिशेष पहल गर्ने। बाल बालिकासंग सम्बन्धित कार्यक्रमहरु उनीहरुलाई नै संचालन गर्न गराउन प्रोत्साहन गर्ने।
५) निष्क्रिय च्याप्टरलाई पुनर्जागृत गर्ने तथा च्याप्टर नभएको स्थानमा पनि सम्भव भएसम्म आजीवन सदस्यहरु बढाएर संगठन बिस्तारमा बिशेष अभियान संचालन गर्ने।
६) केन्द्र र च्याप्टरबिचको सम्बन्धलाई कसिलो र सरस बनाउदै लैजाने र संगठनका गतिविधिहरुको अभिलेखलाई संरक्षणको लागि बिशेष ध्यान दिने।
७) अनेसासको बिधि बिधान,अनुसासन,र मार्गदर्शक सिद्धान्तहरु संगठनको मेरुदण्ड भएकोले केन्द्र तथा च्याप्टर नेतृत्वले पालना गर्ने गराउने सम्बन्धमा बिशेष ध्यान दिने।
८) च्याप्टर तथा केन्द्रले भाषा शिक्षा,लेखन,प्रशिक्षण र अन्तरक्रियाको लागि यु टुब,जूम र अन्य सामाजिक संजालको प्रयोग गर्ने /गराउने। सकिन्छ भने त्यसलाई संगठनको आय आर्जनको बाटो बनाउन योजना बनाएर काम गर्ने ।
९) शाखाहरुले समेत आफ्नो वेबसाइड बनाएर सुचना,समाचार तथा सृजनालाई नियमित प्रकाशित गर्ने / गराउने।
१०) सभा,सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरु रोचक रुपले संचालन गर्ने संचालक,प्रशिक्षक तथा बक्ताहरु निर्माण गर्न संगठन भित्र आन्तरिक प्रशिक्षणहरुलाई नियमित गर्दै लैजाने।
११) शाखाहरुको योगदानको उचित मुल्यांकन र अभिलेखीकरण गर्ने कार्यलाई बिशेष ध्यान दिने।
सम्मेलनले समापन समारोहको पहिलो चरणमा घोषणापत्र तयार गर्न प्रतिमा केशी (प्रवाशी) अनेसास कोषाध्यक्ष: युके शाखा,बेलायत,मिरा कोइराला ,अनेसास अध्यक्ष जर्जिया शाखा,डा.कविता लामा,अनेसास सिक्किम शाखालाई जिम्मेवारी दिइएको थियो। तीन सदस्यीय समितिले तयार पारेको घोषणा पत्र जर्जिया च्याप्टरकी अध्यक्ष मिरा कोइरालाले पढेर सुनाएकी थिइन् जसलाई सम्मेलनले तत्कालै अनुमोदन गरेको थियो।
यसरि २५ जुन बुधबार,२०२५का दिन बेल्जियममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ऐतिहाँसिक छैटौं विश्व च्याप्टर सम्मेलन ११बुँदे घोषणा पत्र जारि गरेर समापन भएको छ ।