अनेसास केन्द्र तथा च्याप्टरबीच अन्तरक्रिया, अन्तर्राष्ट्रिय साहित्य सम्मेलन पार्न सहयोग गर्ने प्रतिबद्धता
कोलोराडो, १५ चैत ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजनामा अनेसास केन्द्र तथा च्याप्टर अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
अनेसासद्वारा भर्चुअल रुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा अनेसास दर्पणमा च्याप्टर गतिविधि प्रकाशन, नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, च्याप्टर कार्यसमितिको आवधिक पुनर्गठन, आजीवन सदस्यहरूको सूची अद्यावधिक गर्ने विषयमा छलफल भएको थियो ।
अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न च्याप्टरका प्रतिनिधिहरुले च्याप्टरका गतिविधिका बारेमा जानकारी गराउनुका साथै मे तेस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिनुभयो ।
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका संयोजक तथा कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले सम्मेलनका विविध पक्षबारे जानकारी दिनुभयो ।
कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिकी सदस्य सुमन वर्षा, रत्ना सुब्बा, अनेसास जापान च्पाप्टरका उपाध्यक्ष शरद पोख्रेल, कोरिया च्याप्टर महासचिव राजेश सुवेदी, सिक्किम च्याप्टरका अध्यक्ष रुद्र पौड्याल, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, नेपाल च्याप्टर वरिष्ठ उपाध्यक्ष मंजिला अनिल, नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले च्याप्टरका गतिविधिबारेमा जानकारी दिनुका साथै सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै पोर्तुगल च्याप्टरका महासचिव मणिराज गौतम, बेल्जियम च्याप्टरका महासचिव गोपाल दाहाल, फ्रान्स च्याप्टरका अध्यक्ष प्रशान्त उप्रेती, बेलायत च्याप्टरका उपाध्यक्ष माया गुरुङ, न्यू ह्याम्सायर च्याप्टरका अध्यक्ष नवीन शर्मा, बोस्टन च्याप्टरका अध्यक्ष अभि गजुरेल, न्यूयोर्क च्याप्टरका अध्यक्ष जानुका वस्ती ढकाल, वासिंगटन डिसी मेट्रो च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, वासिंगटन डिसी मेट्रो च्याप्टरका वरिष्ठ उपाध्यक्ष कविन्द्र सिटौला, जार्जिया च्याप्टरका अध्यक्ष मीरा कोइराला नकारीले च्याप्टरका गतिविधि बारे जानकारी दिनु भयो ।
त्यसैगरी केन्टकी च्याप्टरका अध्यक्ष बद्री दाहाल,ह्युस्टन च्याप्टरका अध्यक्ष सतिश त्रिपाठी, अस्टिन च्याप्टरका महासचिव डा. तुलसी दाहाल, एलए च्याप्टरका अध्यक्ष मोहन निउरे, नर्दन क्यालोफोर्निया च्याप्टरका महासचिव नारायण भट्टराई, अफ्रिका च्याप्टरका महासचिव रामचन्द्र राई, अनेसास क्यानडाका डा. किस्मत भण्डारीले च्याप्टरका गतिविधि बारे जानकारी दिनुका साथै सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
अनेसास संस्कृति समितिका संयोजक महेश्वर पन्तले प्रकाशनोन्मुख कृति संस्कृतिको सिरानीका बारेमा जानकारी दिए ।
अनेसास बालसमितिका संयोजक सुरेन उप्रेतीले बाल समितिका विविध गतिविधिमाथि प्रकाश पार्नुभयो ।
अनेसासको महिला समितिकी संयोजक उर्मिला निर्दोषीले हालै जर्जियामा सम्पन्न छैटौं महिला साहित्य सम्मेलनका बारेमा जानकारी दिनुभयो ।
अनेसास बिओटी सभापति पदम विश्वकर्माले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका विविध सम्मेलनको विविध पक्षबारे जानकारी दिनुका साथै अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुभयो ।
अनेसास बोर्ड अफ ट्रष्टिज महासचिव प्रकाश नेपालले अनेसासको भवन किन्ने योजनाबारे जानकारी दिनुभयो ।
कार्यक्रममा अनेसास दर्पणका विशेष सम्पादक दीर्घराज उपाध्यायले साहित्यिक सृजनाहरुका साथै अनेसास च्याप्टरहरुका गतिविधि र कार्यक्रमका बारेमा जानकारी दिई सहयोग गर्न आग्रह गर्नुभयो । उनले अनेसास च्याप्टरका गतिविधि र साहित्यिक सृजनाहरुलाई अनेसास दर्पणमा उचित स्थान दिईने प्रतिबद्धता गर्नुभयो ।
अनेसास केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनलाई भव्य रुपमा सम्पन्न सहयोग गर्न अनेसासका सम्पूर्ण च्याप्टरका पदाधिकारी तथा साहित्यकारहरुलाई आग्रह गर्नुभयो ।
आर्थिक सहयोगसंगै सम्मेलनमा उपस्थित भएर सहयोग गरिदिन अध्यक्ष वाग्लले आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन अनेसासका केन्द्रीय समितिका महासचिव राजु सिटौलाले गर्नुभएको थियो । महासचिव सिटौलाले कार्यक्रमका अतिथिहरुका प्रश्न र गुनासाहरुलाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, अनेसास केन्द्र (अमेरिका क्षेत्र) का उपाध्यक्ष सुदीपभद्र खनाल, अनेसास केन्द्रीय सदस्य पुष्पा खनाल, अनेसास केन्द्र (अफ्रिका क्षेत्र) का उपाध्यक्ष गणेश खड्का, केन्टकी च्याप्टरका महासचिव जीवन निरौला, एलए च्याप्टरका महासचिव केसी श्रेष्ठको सहभागिता रहेको थियो ।
