अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो अधिवेशन सम्पन्न

गत शनिवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो अधिवेशन सम्पन्न भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा हलमा सम्पन्न भएको उक्त अधिवेशनका प्रमुख अतिथि पूर्व कुलपति केके कर्माचार्य थिए भने नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले अध्यक्षता गरेका थिए ।

अधिवेशनका विशेष अतिथिहरुमा अनेसास पूर्व केन्द्रीय सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइटेल, पूर्व केन्द्रीय अध्यक्षहरु गीता खत्री, राधेश्याम लेकाली, निवर्तमान कें सल्लाहकार प्रतीक ढकाल, केन्द्रीय सल्लाहकार लीला लुइटेल, च्याप्टरका सल्लाहकार प्रा.डां रामप्रसाद दाहाल, महेश पौडेल, हिरण्यकुमारी पाठक आदि अनेसासका उच्च पूर्व र वर्तमानका पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

उक्त अवसरमा अनेसास नेपाल च्याप्टरले स्मारिका लोकार्पण गरेको थियो । उक्त लोकार्पित कृतिको प्रधान सम्पादक रमेश दाहाल र सम्पादकहरु रञ्जना निरौला र शान्ति रिसाल हुन् ।


चौथो महाधिवेशनको अवसरमा वरिष्ठ गायिका मीरा राणालाई नगद एक्काइस हजार राशिसहित राष्ट्रकवि माधव घिमिर गीत पुरस्कार २०८२ बाट सम्मानित गरिएको थियो । वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा शीलाले स्थापना गर्नुभएको यो पुरस्कार पहिलोपटक वरिष्ठ गीतकार किरण खरेल र दोस्रोपटक वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले पाएका थिए । त्यसैगरी अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, च्याप्टरका सल्लाहकारहरु महेश पौड्याल, रामप्रसाद दाहाल, हिरण्यकुमारी पाठक, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार पद्मावतीसिंहलाई सम्मान गरिएको थियो ।

च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य तथा अर्की उपाध्यक्ष मन्जिला शर्माले सञ्चालन गरेको अधिवेशनलाई राधेश्याम लेकाली प्रतीक ढकाल प्रा.डा. लुइटेललगायतकाले शुभकामना दिउका थिए भने प्रमुख अतिथि कर्माचार्यले प्रमुख अतिथीय मन्तव्य दिएपश्चात अध्यक्ष राजेन्द्र केसीले अधिवेशन समापन गरेका थिए । अधिवेशनको दोस्रो सत्र बन्दसत्रभने स्थगित गरिएको थियो ।

अनेसास नेपाल च्याप्टरद्वारा प्रकाशित स्मारिका पढन यो पिडिएफ फायल खोल्न तलको लिङ्क या क्यूआर स्क्यान गर्नुहोस् :

https://drive.google.com/file/d/1kUOHm4OvoMBoxrGv77ZRw8JQJC5EczXW/view?usp=sharing

 

प्रतिकृया दिनुहोस्