अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको नियमित बैठकले सन् २०२६–२०२८ कार्यकालका लागि सात जना सल्लाहकार मनोनित गरेको छ।

अनेसासको विधानअनुसार विभिन्न भौगोलिक क्षेत्रको प्रतिनिधित्व तथा कम्तीमा एक जना महिला साहित्यकारको सहभागिता सुनिश्चित गर्ने प्रावधानबमोजिम सर्वज्ञ वाग्ले (अमेरिका), प्रा. डा. भीमप्रसाद खतिवडा (नेपाल), डा. पुष्पा शर्मा (भारत), गणेश घिमिरे (अस्ट्रेलिया), रमेश गुरुङ (अमेरिका), डा. कुमार बस्नेत (जापान) र राम पाण्डे (युरोप) सल्लाहकारमा मनोनित भएका हुन्।

केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीद्वारा प्रस्तावित सल्लाहकारहरूको नाम केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेसँगै सन् २०२६–२०२८ कार्यकालका लागि सल्लाहकार समितिले पूर्णता पाएको छ।

प्रतिकृया दिनुहोस्