अनेसास बिओटीको निर्वाचन नतिजा सार्वजनिक

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी (बिओटी) २०२२-२०२६ का लागि यही डिसेम्बर १२-१३मा भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । 

निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार सभापतिमा साहित्यकार पदम विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

तेसैगरी उपसभापतिमा साहित्यकार विष्णुप्रसाद घिमिरे र तीर्थ पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ भने महासचिवमा प्रकाश नेपाल, सचिवमा नारायण अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । 

तेस्तै सदस्यमा धर्मराज कोइराला, ऋषिराम बराल निर्विरोध निर्वाचित हुनुभएको छ भने महिला सदस्यमा रश्मि भट्ट निर्वाचित हुनुभएको छ ।

अनेसास बिओटीको ९ ओटा पदमध्ये कोषाध्यक्षमा भने कुनै उम्मेद्वारी परेको थिएन ।

सभापति पदका लागि पदम विश्वकर्मा र सीता पाण्डेको उम्मेद्वारी परेको थियो भने महिला सदस्यमा गृष्मा पौड्याल र रश्मि भट्टको उम्मेद्वारी परेको थियो ।

प्रतिकृया दिनुहोस्