जापानमा शुभारम्भ साहित्य तथा ६५औँ नियमित साहित्य शृङ्खला सम्पन्न

जापानमा शुभारम्भ साहित्य तथा ६५औँ नियमित साहित्य शृङ्खला सम्पन्न

अनेसास जापान चयाप्टरले जापानमा ‘शुभारम्भ साहित्य तथा ६५औँ नियमित साहित्य शृङ्खला सम्पन्न’ गरेको छ । जापानका लागि महामहिम राजदूत साहित्यकार दिबसु क्षेत्रीको प्रमुख आतित्‍थमा सम्पन्न उक्त कार्यक्रम आकाश अधिकारीको संयोजनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कवि मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’ , कवि मञ्जु गिरीको कविता संग्रह ’साकुराको देशबाट’ र मुक्तककार के बी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ को कर्मभूमि विमोचन गरिएको छ । विमोचित पुस्तकमाथि ‘कामी’लाई अमृत ढकाल, ’साकुराको देशबाट’लाई दीप पाठक र ‘मनको मन्दिर’लाई गोबिन्द गिरीले समालोचनात्मक टिप्पणी राखेका थिए । च्याप्टर अध्यक्ष रविन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेसास केन्द्रीय पूर्व अध्यक्ष प्रकाश पौडेल माइला,केन्द्रीय सचिव दीप पाठक, केन्द्रीय सदस्य सुमित गिरी,के बि पारखीलगायतले सिर्जना वाचन तथा मन्तव्य राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्