अनेसास केन्द्रीय सदस्यमा रविन शर्मा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रिक्त केन्द्रीय सदस्य पदमा जापानका रविन शर्मा मनोनित भएका छन् । केन्द्रीय सदस्य सुमित गिरीले आफ्नो कार्य व्यस्तताका कारण दिएको राजिनामाका कारण रिक्त रहेको पदमा शर्मा मनोनित भएका हुन् ।

अनेसास केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाको सभापतित्वमा शनिबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । शर्माको कार्यकाल जुलाई २०२४ सम्म रहनेछ ।

अनेसास जापान च्याप्टरका निवर्तमान अध्यक्ष शर्मा  कविता, गीत, गजललगायतका विधाका चर्चित छन् ।

प्रतिकृया दिनुहोस्