उर्मिला सुवेदीको सतहत्तर सरगम सार्वजनिक

२०८१ जेठ १८ गते शुक्रबार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य तथा बाल साहित्यकार उर्मिला सुवेदीको बालकवितासङ्ग्रह सतहत्तर सरगम कृति गत जेठ १५ गते मंगलबार सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजनामा उक्त कृतिको लोकार्पण समारोह भएको हो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सीको सभापतित्वमा भएको लोकार्पण समारोहका प्रमुख अतिथि अनेसासका सल्लाहकार, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल थिए ।

वरिष्ठ बाल साहित्यकार रामबाबु सुवेदी, अनसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली विशिष्ट अतिथिको रुपमा सहभागी भएको उक्त समारोहमा अतिथिहरुमा बाल सिर्जना मञ्च तथा साइना वाङ्मय चौतारीका अध्यक्ष डा. सीता सुवेदी पन्थ, सप्तरंगी साहित्य समाज नेपाल, गण्डकी प्रदेशका अध्यक्ष अम्बिका भण्डारी, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, अनेसास जापान च्याप्टरका सल्लाहकारी डा. बुनु दाहाल, अनेसास नेपाल च्याप्टरका उपाध्यक्षद्वय मञ्जिला शर्मा र निर्मलरमण पराजुली, पद्मकन्या क्याम्पसका प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलगायतका अतिथिहरु थिए ।

साहित्यकार भैरवी भूगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा पुस्तकका विषयमा बोल्दै बाल साहित्यकार रामबाबु सुवेदीले प्रस्तुत कृतिमा बालकवितामार्फत नेपालका ७७ ओटै जिल्लाको परिचय दिने सम्भवतः यो कृति नै पहिलो भएको कुरा उल्लेख गरेका थिए ।

त्यसैगरी कृतिका विषयमा डा. सीता सुवेदी, प्रा. ज्ञाननिष्ठ ज्ञवालीले बोलेका थिए भने राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । डा. बुनु दाहालले कृतिबाटै कविता वाचन गरेकी थिइन् ।

 

प्रमुख अतिथि प्रतीक ढकालले स्रष्टा र कृतिको विषयमा बोल्दै कृति सफलताको शुभकामना व्यक्त गरेका थिए ।


धनवन्तरी फुटसल धुम्बाराहीमा भएको लोकार्पण समारोहमा चोभारब्लुजका स्रष्टा बिक्रम भक्त जोशी, रचना द्वैमासिकका सम्पादक प्रतीक घिमिरे, प्रमोद गिरी, अनेसास नेपाल च्याप्टरका कोषाध्यक्ष कमला रिसाल, सदस्य इन्दिरा ढकाललगायत उल्लेख्य रुपमा साहित्यिकारहरु अतिथिका रुपमा उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्