द्रष्टव्य : सुनिता अधिकारी
द्रष्टव्य
 
सुनिता अधिकारी
द्रव्यपिशाचको अगाडि
द्रुत गतिमा दोणाचाल द्रष्टा बनेर,
कन्जुसभित्रको शत्रुता परास्त गर्नुछ,
दोहोलो पारेर !
 
त्यो,
द्रविभूत मनोभावनालाई
हावाको वेगसँगै कुदाउनु
त्यसमाथि चम्किला ती दौँतरीसँग
डण्डिवियोको, दाउ राखेर ।
केवल दोपाया भएर
धर्तीमा पाइला टेकेपछि
दोदन्त र दोछाया होइन,
जगतको अगाडि द्रष्टव्य बनेर,
उभिनु छ ।
 
द्वन्द्व, दुर्भावानालाई
निस्तेज पारेर
सत्यतालाई साक्षी राखेर
सङ्घर्षको बाटो कुँदी
सगरमाथा चुम्नु छ ।
 
हो, जगतको सामु द्रष्टव्य बन्नु छ
रोग भोक र शोकलाई वर्दस्त पारी,
अनमोल समयको वचतले,
वैज्ञानिक बनेर,
द्रष्टव्यता प्रकट गर्नुछ,
हो, जगतको सामु द्रष्टव्य बन्नु छ ।
प्रतिकृया दिनुहोस्