अनेसास नेपाल च्याप्टरद्वारा ३४ औँ अनेसास स्थापना दिवस तथा सम्मान समारोह सम्पन्न

२०८१ पुस २६ शुक्रवार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –अनेसास), नेपाल च्याप्टरले अनेसासको ३४ औँ स्थापना दिवस मनाएको छ ।  नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा ३४ औँ स्थापना दिवस तथा सम्मान समारोह भएको हो ।

उक्त समारोहमा नेपाल ऋषि प्रा.डा. जगमान गुरुङ प्रमुख अतिथि, अनेसास तथा बिओटीका पूर्व सल्लाहकार विशिष्ट अतिथि, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली विशेष अतिथि, अनेसास पुरस्कार समितिका निवर्तमान अध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुरस्कारदाता गोपी उप्रेती विशेष अतिथि अनेसासका केन्द्रीय उपाध्यक्ष सरिता अर्याल, अनेसासका निवर्तमान सल्लाहकार प्रतीक ढकाल, अनेसासका वर्तमान सल्लाहकार लीला लुइटेल विशेष अतिथिका रुपमा थिए ।

अनेसास स्थापना दिवस तथा सम्मान समारोह सफलताका लागि अनेसास बिओटीका सभापति पदम विश्वकर्मा र केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले पठाएको शुभकामनापत्र अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष मन्जिला अनिलद्वारा वाचन गरिएको थियो ।

स्थापना दिवसको अवसरमो प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललाई अनेसास विशिष्ट व्यक्तित्वद्वारा सम्मान गरिएको थियोभने प्रेरणादायी नारीरत्नका रुपमा कल्याणी रिमाल, अनेसास विशिष्ट साहित्य साधकका रुपमा अनेसास, नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो । त्यसैगरी अनेसास सम्मान २०८१ बाट सम्मान हुनेहरुमा साहित्यकार समालोचक युवराज मैनाली, साहित्यकार ठाकुर शर्मा भण्डारी थिए भने अनेसास बालप्रतिभा पुरस्कार श्रीयङ्का बस्नेतलाई प्रदान गरिएको थियो ।  सम्मानित व्यक्तित्वको संक्षिप्त परिचय दिँदै नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरेले सम्मानपत्रको विवरण वाचन  गरेका थिए ।  

अनेसास, नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्यपश्चात् शुरु भएको उक्त समारोहमा अनेसास विगतदेखि वर्तमानसम्मका विषयमा अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पारेका थिए ।

समारोहमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्राडा. गोपी उप्रेती, केन्द्रीय उपाध्यक्ष सरिता अर्याल, केन्द्रीय सदस्य तारा उप्रेतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अनेसास नेपाल च्याप्टरका महासचिव रन्जना निरौलाद्वारा सञ्चालन गरिएको समारोहमा उल्लेख्य साहित्यकार, कलाकार एवं साहित्यानुरागीहरुको उपस्थित रहेको थियो ।

समारोहका सभापति अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले धन्यवाद मन्तव्यसहित सभा विसर्जन गरेका थिए ।

समारोह नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाहलमा भएको हो ।

प्रतिकृया दिनुहोस्