वरिष्ठ गायक योगेश बैद्यको सम्झना
सदाबहार गायक, संगीतकार एवं साहित्यकार श्रद्धेय योगेश वैद्यज्यूको सम्झनामा एक सांगीतिक समर्पण तथा वहाँद्वारा स्वरवद्ध गीतको म्यूजिक भिडियो सार्वजनिक ।
कार्यक्रम सीता संगीत स्मृति तथा नेपाल कला संस्कृति उत्थान समाजको संयुक्त आयोजना भएकाे थियाे । वरिष्ठ लोकगायक, संगीतकार एवं गीतकार रत्न बेहोशीको सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकाे प्रमुख आतिथ्यमा भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, निर्देशक, छायाँकार तथा सम्पादक पत्रकार राजेन्द्र डंगाेलले गायक वैद्यलाई सम्झेर भावुक मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रम पाँगाको कीर्तिपुर सिनेप्लक्स हलमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा गायक वैद्यले संगीतवद्ध गरी गाउनु भएको जनकवि दुर्गालाल श्रेष्ठको नेपालभाषाको ‘छ न्हूगु हे छेँय् छन्हु वनीतिनि’ बोलको गीत सार्वजनिक भयाे ।
उक्त गीतको निर्देशन, छायाङ्कन तथा सम्पादन राजेन्द्र डंगोलले गर्नु भएको छ भने परिकल्पना तथा सह–निर्देशन राजु महर्जनको रहेको छ । म्यूजिक भिडियोका मुख्य परिकल्पनाकार साहित्यकार नवीन चित्रकार रहनु भएको छ ।
म्यूजिक भिडियोमा वरिष्ठ कलाकार सुरज ब्यञ्जनकार तथा नव प्रतिभा सुमिना महर्जनले अभिनय गरेका छन् भने गीतमा गायिका रिता महर्जनले पनि साथ दिनु भएको छ । कालजयी स्रष्टा योगेश वैद्यज्यूबाट सिकेका उहाँ कै सृजनाहरु गायिका रिता महर्जनले आफ्ना गुरुप्रति समर्पण गर्दै पाँच वटा गीत गाउनु भएकाे थियाे ।
उक्त कार्यक्रममा नेपाली सांगीतिक जगतका ख्यातिप्राप्त हस्तिहरु वरिष्ठ गीतकार चुडामणी देवकोटा, वरिष्ठ गीतकार एवं गजलकार डा. कृष्णहरि बराल, वरिष्ठ गीतकार बालकृष्ण सजिव , वरिष्ठ संगीतकार शक्ति वल्लभ, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठ, वरिष्ठ गायक एवं संगीतकार अमर राज शर्मा, वरिष्ठ शास्त्रीय गायिका प्राध्यापक संगीता प्रधान राना, वरिष्ठ गायक जुजुकाजी रञ्जित, वरिष्ठ गायिका रमना श्रेष्ठ, लोककवि राजभाई जकःमि, साहित्यकार एवं मानव अधिकारवादि मल्ल के सुन्दर, काठमाडौ महानगरपालिका १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन, नेवाः दे दबूका अध्यक्ष पवित्र बज्राचार्य, साहित्यकार प्रद्युम्न जाेशी, बरिष्ठ कलाकार नगिना जोशी लगायतको उपस्थिति रहकाे थियाे । कार्यक्रम संचारकर्मि सुरजबीर बज्राचार्यले सञ्चालन गर्नु भएको थियो ।