“विशृङ्खलित सपना”को परिचर्चा कार्यक्रम सप्पन्न

२०८१ माघ २५, काठमाडौं ।

साहित्यिक पत्रकार संघले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कथाकार गोपी मैनालीको कथाकृति “विशृङ्खलित सपना”को परिचर्चा कार्यक्रम सप्पन्न गर्यो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईं, वरिष्ठ समालोचक प्रमोद प्रधान, चर्चित नियात्राकार प्रतीक ढकाल र समीक्षकअनिता कोइरालाले “विशृङ्खलित सपना”को परिचर्चा गरे ।

डा. अर्जुनदेव भट्टले ढाका टोपी लगाइदिएर र अध्यक्षले फूलको माला लगाइदिएर गोपी मैनालीलाई स्रष्टा सम्मान गरिएको थियो।

नियात्रा, निबन्ध र समालोचना आफ्नो पकड बनाइसकेका मैनालीको यो पहिलो कथा कृति हो। सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौंले प्रकाशन गरेको यो कृतीमा सत्र कथा रहेका छन् ।

कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनालीले स्वागत एवं कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा कृतिकार वरिष्ठ कथाकार गोपी मैनालीले आफ्नो सिर्जनाबारे मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन कवि मुरारी सिग्देलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्