अनेसास न्यू ह्याम्पसायरले मनायो २१३औँ भानु जयन्ती
अनेसास न्यू ह्याम्पसायरको वार्षिक कार्यक्रमअन्तर्गत २१३औँ भानु जयन्ती यही जुलाई ११, २०२६ मा न्यू ह्याम्पसायरको कन्कर्डस्थित १४ क्यान्टबेरी रोडमा भव्य समारोहका साथ सम्पन्न भयो।
अध्यक्ष नवीन शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष तथा हालै निर्वाचित अध्यक्ष लालगोपाल सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा अनेसासका पूर्व महासचिव विमला निरौला तथा नवनिर्वाचित केन्द्रीय सदस्यद्वय हरिमाया अधिकारी र महेश्वर पन्त रहनुभएको थियो।
![]() |
![]() |
![]() |
![]() |
कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष शिवकुमार राई, नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, एनआरएनए अमेरिकाका कोषाध्यक्ष कमल ढुङ्गाना, अमेरिका सांस्कृतिक समूहका महासचिव सुरेन्द्र गुरुङ, साहित्यकार मोहन निरौला, पूर्व केन्द्रीय सदस्य अग्नि पराजुली, डा. पुष्पमान जोशी, एडल्ट डे केयरका कृष्ण नेपाल तथा गुरुङ समाजका विकास गुरुङलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
संस्थाका महासचिव विजय सिंखडाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल र अमेरिकाका राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो। कार्यक्रममा भानुभक्तको जीवनी तथा उहाँको साहित्यिक योगदानमाथि समीक्षात्मक मन्तव्यहरू प्रस्तुत गरिएका थिए। प्रधान सम्पादक ईश्वरी भट्टले स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष लालगोपाल सुवेदीले अनेसास न्यू ह्याम्पसायरले नेपाली भाषा, साहित्य तथा दोस्रो पुस्तामा नेपाली भाषा र संस्कृतिको पुस्तान्तरणका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धनका लागि आगामी दिनमा गर्नुपर्ने कार्यबारे पनि विस्तृत चर्चा गर्नुभयो। साथै च्याप्टरहरूसँग समन्वय र सहकार्य गर्दै आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्यहरू महेश्वर पन्त र हरिमाया अधिकारीले निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै नेपाली भाषा र साहित्यको उत्थानमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्व महासचिव विमला निरौलाले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्नुका साथै आफ्नो साहित्यिक रचना वाचन गर्नुभयो।
साहित्यकार मोहन निरौलाले आदिकवि भानुभक्त आचार्यको जीवन र योगदानबारे चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो तथा नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुभयो। समितिका सदस्य अनिल संग्रौलाले पनि आफ्ना रचना वाचन गर्नुभयो।
कार्यक्रमका आकर्षणमध्ये बालबालिकाहरू इसान किरात राई, सञ्जालिका राई र रिदुम राईले भानुभक्त आचार्यबारे आफ्ना विचार प्रस्तुत गर्नुका साथै आफूहरूले बनाएका भानुभक्तका हस्तचित्र प्रदर्शन गरे। त्यसैगरी अमेरिका सांस्कृतिक समूहका महासचिव सुरेन्द्र गुरुङले भानुभक्तप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अनेसाससँग आबद्ध हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो।
सोही अवसरमा स्रष्टा सम्मानअन्तर्गत कवि लालगोपाल सुवेदीलाई खादा ओढाई सम्मानपत्र प्रदान गरी अभिनन्दन गरिएको थियो। साथै सुरेन्द्र गुरुङ, कृष्ण नेपाल, धन तिम्सिना र माधव घिमिरेले अनेसासको आजीवन सदस्यता ग्रहण गर्नुभयो। प्रमुख अतिथि तथा सभापतिले उहाँहरूलाई खादा र प्रमाणपत्र प्रदान गरी स्वागत तथा सम्मान गर्नुभयो।
कार्यक्रम सफल बनाउन ईश्वरी भट्ट, नवीन शर्मा, हरिमाया अधिकारी, प्रेमसागर खतिवडा, विजय सिंखडा, विमला निरौला, अनिल संग्रौला र कमल महर्जनले स्वादिष्ट नेपाली परिकार तयार गरी सहयोग गर्नुभएको थियो। त्यसैगरी बोर्ड अफ ट्रस्टीकी सदस्य शारदा भट्ट, प्रतीक भट्ट, मरिया अग्लिबोट, रमेश श्रेष्ठ, मुना शर्मा तथा प्रेमसागर खतिवडाले कार्यक्रम व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुर्याउनुभएको थियो।
सहभागीहरूले कार्यक्रम अत्यन्त व्यवस्थित, भव्य र सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया व्यक्त गरेका थिए।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
टिपोट: प्रधान सम्पादक – ईश्वरी भट्ट


















