बृहत् साहित्यिक उत्सव तथा सम्मान

सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली फर्पिङले २०८१ फागुन १७ गते शनिबारका दिन बृहत् साहित्यिक उत्सव गर्ने भएको छ ।

साहित्यिक उत्सव प्रतिष्ठानले दक्षिणकाली नगरपालिका वडा नं ४, बाँसबारीमा अवस्थित चम्पादेवी हिल साइड रिसोर्टमा गर्ने भएको हो । उत्सव सफल बनाउन सहभागी भई सम्पूर्ण साहित्यकारहरुलाई प्रतिष्ठानले यसै विज्ञप्तिबाट अनुरोध पनि गरेको छ ।

बृहत् साहित्यिक उत्सवको कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली, फर्पिङले दीर्घकाल साहित्यिक पत्रकारमा योगदान पुर्याउने तथा साहित्य सेवा गर्ने स्रष्टाहरुलाई विभिन्न सम्मान प्रदान गर्ने घोषणा गरेको छ ।

यस कार्यक्रममा वर्ष पहिलो २०८१ को ‘सुसेली साहित्यिक पत्रकार सम्मान–२०८१’ बाट वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, ‘सुसेली कविता सम्मान–२०८१’बाट कवि तुलसी दिवस र ‘सुसेली आख्यान सम्मान–२०८१’बाट कथाकार माया ठकुरीलाई समर्पण गर्ने भएको छ ।

सम्मानित स्रष्टाको चयन साहित्यकार किशोर पहाडीको संयोजनमा गठित डा. शेखरकुमार श्रेष्ठ र अप्सरा भुर्तेलको त्रिसदस्यीय समितिले गरेको हो । सम्मानित स्रष्टालाई २०८१ फागुन १७ गते शनिबार नगदसहित सम्मान समर्पण गरिने कार्यक्रम रहेको छ

प्रतिकृया दिनुहोस्