अनेसास न्यू ह्याम्पसायरमा सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न
१० रिभरसाइड रोड, हुक्सेट टाउन अफ एनएचमा अनेसास न्यू ह्याम्पसायरले जनवरी २४, २०२६ मा एक भव्य समारोहबीच विद्याकी देवी सरस्वती माताको पूजा–अर्चना र बाल प्रतिभा प्रदर्शन कार्यक्रम अध्यक्ष नविन शर्माको अध्यक्षतामा सम्पन्न गर्यो। मुना शर्माको अगुवाइमा सुरु भएको पूजा–पाठ कार्यक्रममा उपस्थित सबै बालबालिकाहरूले सरस्वती माताको फोटोमा पूजा गरेका थिए। त्यसैगरी प्रमुख अतिथि, अतिथिगण, युवा–युवतीहरू र अभिभावकहरूबाट पूजा–आराधना गरिएको थियो। साथै दुवै देशका राष्ट्रिय गान गाइएको थियो।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
केन्द्रीय वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, विशिष्ट व्यक्तित्वहरू, एनआरएन एनसीसीका पूर्व अध्यक्ष शिवकुमार राई, पूर्व च्याप्टर अध्यक्ष/पूर्व केन्द्रीय साहित्यकार अग्नि पराजुली, साहित्यकार अनु शाह, एनआरएनए कोषाध्यक्ष कमल ढुंगाना, साहित्यकार मोहन निरौला, प्रधान सम्पादक इश्वरी भट्ट, संस्थाका उपाध्यक्ष प्रेमसागर खतिवडा, महासचिव विजय सिंखडा, सदस्य अनिल संग्रौला, कृष्ण नेपाल, कोषाध्यक्ष कमल महर्जन, समाजसेवी डम्बर कडरिया, काजी महर्जन, कवि सर्जन बी.सी., रमेश श्रेष्ठ, प्रतीक भट्ट, मरिया अग्लिबोट, नृत्य प्रशिक्षक लामिछाने मुखिया, बिमला राईलगायत ठूलो संख्यामा उपस्थित रहेको उक्त कार्यक्रममा दुई दर्जनभन्दा बढी बालबालिकाहरूले आ–आफ्नो विविध प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा संस्थामा लामो समय सहयोग गर्नुहुने समाजसेवीहरू डम्बर कडरिया र उमेश कोइरालालाई सम्मान गरिनुका साथै सहभागी सबै बालबालिकाहरूलाई अध्यक्ष र प्रमुख अतिथिबाट प्रमाणपत्र र गिफ्ट कार्ड प्रदान गरिएको थियो।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
अनेसास न्यू ह्याम्पसायरले गरेको कामको प्रशंसा गर्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि लाल गोपाल सुवेदीले यस्तो राम्रो कार्यक्रम गरेकोमा अनेसास न्यू ह्याम्पसायरलाई धन्यवाद व्यक्त गर्नुहुँदै अनेसास न्यू ह्याम्पसायर भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्न लागिपरेको एक उत्कृष्ट च्याप्टर रहेको र यसले आफ्नो विशेषता कायम गरेको बताउनुभयो।
![]() |
![]() |
कार्यक्रमलाई खानपान एवं आर्थिक सहयोग गर्ने नविन शर्मा, अनिल संग्रौला, स्याम्स क्लब, मार्केट बास्केट, एसियन अफ्रिकन ग्रोसरी, एडल्ट डे केयर सर्भिस, डा. पुष्पमान जोशी, त्यसैगरी स्टेज, साउन्ड सिस्टम, सरसफाइ, कार्यक्रम लाइभ एवं फोटोमा सहयोग गर्ने स्वयंसेवक प्रयूष रायमाझी, प्रतिभा भट्ट, प्रतीक भट्ट, मरिया अग्लिबोट, बालबालिकाहरूलाई नृत्य प्रशिक्षण दिने लामिछाने मुखिया, व्यवस्थापन गर्ने अभिभावकहरू एवं सहभागी बालबालिकाहरूलाई प्रधान सम्पादक इश्वरी भट्टले विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो। त्यसैगरी डा. करिश्मा मन्जुर (न्यू ह्याम्पसायरबाट युएस सेनेट उम्मेदवार २०२६) ले पनि नेपाली समुदायले गरेको आफ्नो कला र संस्कृतिको संरक्षण महत्वपूर्ण रहेको र यसले समाजमा ठूलो प्रभाव पार्ने बताउनुहुँदै आफूलाई यस्तो समुदाय मन पर्ने बताउनुभएको थियो।
अत्यन्त रोचक रहेको बाल प्रतिभा प्रदर्शन कार्यक्रम बोर्ड सदस्य एवं कलाकार अनिल संग्रौला, प्रधान सम्पादक इश्वरी भट्ट र महासचिव विजय सिंखडाले सञ्चालन गर्नुभएको थियो। प्रधान सम्पादक भट्टले बालबालिकाहरूलाई रोचक क्विज कन्टेस्ट गराउँदै थप उपहार प्रदान गर्नुभएको थियो।
अन्तमा कार्यक्रमका सभापति अनेसास न्यू ह्याम्पसायरका अध्यक्ष नविन शर्माले कार्यक्रम उत्कृष्ट रहेको बताउनुहुँदै निरन्तर खट्ने प्रधान सम्पादक, सहयोगी स्वयंसेवकहरू र उपस्थित सबै महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।
लेखन/सम्पादन : इश्वरी भट्ट
प्रधान सम्पादक














