अनेसासमा सल्लाहकारहरूको मनोनयन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिका अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा बसेको विशेष वैठकले ( कार्यकाल सन् २०२४-२०२६ ) का लागि सातजना सल्लाहकारहरू मनोनयन गरेको छ ।

अनेसासको समग्र उन्नयनका लागि विगतमा गहकिलो योगदान दिएका, प्राज्ञिक क्षेत्रमा साख आर्जन गरेका र भविष्यमा समेत महत्त्वपूर्ण योगदान दिन सक्ने संभाव्यता भएका विशिष्ट व्यक्तित्वलाई सम्मानस्वरूप सल्लाहकारमा मनोनयन गरिने प्रचलनअनुरूप यस कार्यकालका लागि सर्वसम्मतबाट सल्लाहकाहरू चयन भएका हुन् ।

सल्लाहकारहरूबाट विविध भौगोलिक क्षेत्रको समेत प्रतिनिधित्व होस् भन्ने ध्येय अनेसासले राखेको छ । विधानअनुसार बढीमा सातजना सल्लाहकार मनोनयन गर्न सकिने प्रावधान छ ।

सल्लाहकारहरू यस प्रकार छन् :

महामहिम डा. दुबसु क्षेत्री (राजदूत : जापान )

साहित्यकार जीवा लामिछाने ( जर्मन )

साहित्यकार सुमलकुमार गुरुङ ( बेलायत )

समालोचक लीला लुइटेल (नेपाल )

साहित्यकार हिक्मत थापा (अफ्रिका)

आख्यानकार नीलम कार्की निहारिका ( अमेरिका )

निवर्तमान अध्यक्ष गोवर्धन पूजा ( पदेन )

स्मरणीय छ, हरेक पटक सल्लाहकार चयन गर्दा निवर्तमान अध्यक्ष पदेन सल्लाहकारका रूपमा चयन गरिने प्रचलन अनेसासमा रहिआएको छ ।

चयन भएका सल्लाहकारहरूलाई अनेसास केन्द्रीय कार्यसमितिले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्