कतारमा मनाइयो अनेसासको ३४ औं स्थापना दिवस
दोहा : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा अनेसास केन्द्रको ३४ औं स्थापना दिवस तथा अनेसास नवोदित १५४ साहित्यिक रचना वाचन डबली दोहामा मनाइएको छ ।
११ जनावरी २०२५ सुक्रबारका दिन कतारको नज्मास्थित ओल्ड दरबार नेपाली रेस्टुरेन्टको सभाहलमा विभिन्न साहित्यिक रचना वाचनका साथमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा कतारमा लामो समयदेखि कार्यरत मोरङ निवासी नेपाली भाषा, साहित्य, कला संस्कृतिको विकासमा योगदान पुर्याउनुभएका व्यक्तित्व अच्युत भट्टराईलाई र भोजपुर निवासी २०१४ देखि २०६० साल सम्म नेपालको शैक्षिक क्षेत्रमा आबद्ध रहेर ठुलो योगदान पुर्याउनुभएका केदारनाथ श्रेष्ठलाई विशिष्ट स्रोता बनाइएको थियो ।
कार्यक्रम विशिष्ट स्रोताको आसन ग्रहण साथै राष्ट्रिय गान गाएर शुरू गरिएको थियो ।
गजलकार पुर्णकान्छा गुरुङको गजल वाचनले साहित्यिक रचना वाचनको ढोका उघारेको थियो भने साथमा शोभाराम ओलीले कविता, सदीक्षा थपलियाले गजल, पुष्कर साउदले कविता अनवर अलिले मुक्तक सानु थपलियाले गजल सोम थापाले मुक्तक खिम पुनले गजल खेमराज सुवेदीले कविता लीलानाथ घिमिरेले कविता सीताराम थापाले कविता मणि पौडेलले मुक्तक प्रेमप्रसाद भट्टराईले कविता लीलादेवी श्रेष्ठले भजन गाएर तथा वाचन गरेर उपस्थित सम्पूर्णलाई साहित्यिक मनोरञ्जन गराएका थिए ।
प्रोफेसर रमजान अलिमिया, भानुभक्त दाहाल, श्यामबाबुआचार्य, किशोर भट्टराई, मनोज भट्टराई, पर्शुराम श्रेष्ठ, सन्जीव परियारलगायत २ दर्जनभन्दा बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अनेसास कतार च्याप्टरको आजीवन सदस्य लिनुहुने प्रोफेसर रमजान अलीमियाज्यूलाई अनेसास कतारको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
नवोदित साहित्यिक वाचनालय कतारका कार्यसमिति सदस्य अनवर अलिलाई बिदाइ कार्यक्रम पनि गरिएको थियो ।
अनेसास कतार तथा नवोदितका सल्लाहकार प्रेमप्रसाद भट्टराईले अनेसास केन्द्र र अनेसास स्थापनाका बारेमा सबैलाई प्रष्ट पार्दै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई जति नै अभिनन्दन गरे पनि कम हुने बताउनुभयो । साथमा नेपाली साहित्यको पुरानो या पहिलो छन्द झ्याउरे छन्दलाई प्रवर्द्धन गर्नका लागि सबैलाई अब एकचोटि झ्याउरे छन्दमा कलम चलाउन अनुरोध गर्नुभयो ।
कार्यक्रमको सहजीकरण गजलकार रफी मियाले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा विशिष्ट श्रोता केदारनाथ श्रेष्ठले आफ्नो जीवनका तितामिठा कथाव्यथा बताउँदै यो साहित्यिक कार्यक्रममा उपस्थित हुन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आयोजक संस्थालाई धन्यवाद दिँदै आफ्नी श्रीमतीलाई समर्पित गर्दै मिठो स्वरमा गीत गाए ।
साथै अर्का विशिष्ट स्रोता अच्युत भट्टराईले आफू यस्तो कार्यक्रममा विशिष्ट स्रोताको रूपमा उपस्थित हुन पाउँदा अत्यन्तै खुसी रहेको र कार्यक्रममा बस्दा बस्दै आफैँले आफूलाई म को हो ? भन्ने प्रश्न उठेको र त्यस्को जवाफ अब आफैँले खोज्ने बताउँदै कार्यक्रमको समापन गरेका थिए ।