कथाकार निरौलाको ‘प्रेमाश्रु’ को लोकार्पण

पुष्पा खनाल,
भर्जिनिया ।
कथाकार बिमला ढुंगाना निरौलाको कथा सङ्ग्रह ‘प्रेमाश्रु’ शनिवार भर्जिनियामा लोर्कापण गरिएको छ ।

शनिवार भर्जिनियामा आयोजित लोकार्पण तथा परिचर्चा परिचर्चा कार्यक्रममा प्रमुख अतिथि अनेसासका संस्थापक होमनाथ सुवेदी लगायत कार्यक्रमका विशिष्ट अतिथिहरुले संयुक्त रुपमा कथा सङ्ग्रह ‘प्रेमाश्रु’ को लोकार्पण गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा समीक्षक जयदेव गौतम र अनेसास बिओटी उपाध्यक्ष तीर्थराज पाण्डेयले कथा सङ्ग्रह ‘प्रेमाश्रु’ माथि चर्चा गरे । 

अनेसास डिसी च्याप्टरद्वारा आयोजित कार्यक्रममा अनेसास बिओटी सचिव नारायण अधिकारी, बिओटी सल्लाहकार पुरू सुवेदी, अनेसास केन्द्रीय सदस्य पुष्पा खनाल, अनेसास मेरिल्याण्ड च्याप्टरका महासचिव सहदेव कोइराला, अनेसास डिसी च्याप्टरका पदाधिकारी तथा सदस्यहरू लगायत, अनेसास केन्द्र तथा च्याप्टरका पूर्व पदाधिकारी, न्याकका पदाधिकारी तथा साहित्य अनुरागीहरुको उल्लेख उपस्थिति रहेको थियो । 

बाल साहित्य सर्जकको रूपमा चिनिने साहित्यकार निरौलाका १३ वटा कृति प्रकाशित छन् । कथा सङ्ग्रह ‘प्रेमाश्रु’ उनको १४ औं कृति हो ।  प्रेमाश्रुभित्र लामा छोटा २९ कथाहरू समावेश छन् ।

प्रतिकृया दिनुहोस्