नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन विशेषाङ्क र संस्कृतिको सिरानी कृति प्रकाशन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यही मे २२–२५ सम्म कोलोराडोमा हुने नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको अवसरमा सम्मेलन विशेषाङ्क र विभिन्न स्रष्टाद्वारा लिखित नेपाली संस्कृतिका कथाहरु सङ्गृहीत संस्कृतिको सिरानी कृति सार्वजनिक गर्ने भएको छ । उक्त संस्कृतिको सिरानी कृति हरेक स्वदेश तथा विदेशमा बस्ने हरेक नेपालीले पढ्नुपर्ने कृति भएको कुरा अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले बताएका छन् । यस कृतिलाई अनेसास संस्कृति समितिका संयोजक महेश्वर पन्त, नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरे, अनेसास बालसमितिका संयोजक सुरेन उप्रेती, अनेसास कतारका प्रेमप्रसाद भट्टराईले सम्पादन गरेका हुन् भने विशेषाङ्कका प्रधान सम्पादक पदम विश्वकर्मा, विशेष सम्पादक रमेश दाहाल, कार्यकारी सम्पादक लालगोपाल सुवेदी हुन् ।

प्रतिकृया दिनुहोस्