अनेसास बोस्टन च्याप्टरद्वारा २१३औँ भानुजयन्ती तथा सम्मान कार्यक्रम सम्पन्न
बोस्टन, जुलाई २५।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोस्टन च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती शनिबार मनाइएको छ । नेपाली सामुदसयिक भवनस्थितमा आयोजित कार्यक्रममा चारदर्जन भन्दाबढी जना साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा भानुप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै रचना वाचन, शुभकामना आदानप्रदान तथा अनेसासका नवनिर्वाचित केन्द्रीय पदाधिकारीहरूलाई बधाई तथा कार्यकाल सफलताको कामना गरिएको थियो।
![]() |
![]() |
![]() |
![]() |
कार्यक्रममा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष गोवर्ध्दन पूजाको विशेष उपस्थिति रहेको थियो। शुभकामना मन्तव्यका क्रममा उहाँले प्रवासमा नेपाली भाषा दोस्रो पुस्तासम्म पुस्तान्तरण गर्न साहित्यिक संस्थाहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै हिमालयन लायन्स क्लबका अध्यक्ष थानीरत्न कँडेल, BDA Boston Chapter का अध्यक्ष राम थापा, PABFONE ट्रस्टी अध्यक्ष सुशील पौडेल, कवि प्रकाश अर्याल, पत्रकार नारायण श्रेष्ठ, युवराज सुवेदी, दीपेन्द्र पोखरेल, सुजन खरेल, मिलन गुरुङ, विजय शर्मा, तृष्णा शर्मा, बिरोचन नेपाल, मिलनकुमार कार्की, सिन्धु पोखरेल, मणिराम पोखरेल, विलाप बोहरा, बाबुराम अधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अनेसास बोस्टनका उपाध्यक्ष प्रकाश खड्काले स्वागत मन्तव्य तथा रचना वाचन गर्नुभएको उक्त कार्यक्रममा अध्यक्ष अबि गजुरेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा साहित्यको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा अनेसासका नवनिर्वाचित केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी, सचिव ऋषभदेव घिमिरे, केन्द्रीय सदस्य महेश्वर पन्त तथा सिक्किमेली प्रतिनिधि विष्णुमाया कट्टेललाई खादा लगाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन अनेसास बोस्टन च्याप्टरका महासचिव प्रतीक रावलले गर्नुभएको थियो। रचना वाचन, सम्मान तथा साहित्यिक संवादले समृद्ध बनेको उक्त कार्यक्रमले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूबीच आपसी सम्बन्ध, सहकार्य र सिर्जनात्मक आदानप्रदानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रकाश खड्का “अभियान”




