अनेसासको केन्द्रीय अध्यक्षमा लालगोपाल सुवेदी विजयी
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सन् २०२६–२०२८ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट लालगोपाल सुवेदी अध्यक्षमा विजयी हुनुभएको छ । अनलाइन निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्दै अनेसास निर्वाचन समितिले वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी र महासचिवमा राजु सिटौला निर्वाचित हुनुभएको घोषणा गरेको छ ।
घोषित नतिजा अनुसार अमेरिका क्षेत्रीय उपाध्यक्षमा सकुन ज्ञवाली र पाँच केन्द्रीय सदस्यहरूमा मिरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी तथा पारसमणि दंगालले विजयी मत प्राप्त गर्नुभएको छ ।

विश्वभर रहेका आजीवन सदस्यहरूको सहभागितामा अनलाइन मतदान मार्फत सम्पन्न निर्वाचनमा कुल मतदातामध्ये ४८.४२ प्रतिशत सदस्यहरूले मतदान गरेका थिए । अधिकांश पदमा प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो भने केही पदहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका जानकारी गराइएको थियो ।
अध्यक्ष पदमा सुवेदीले ९३३ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी सुरेन उप्रेतीले ५५४ मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा विजयी अधिकारीको ७८४ मत र उहाँका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत प्राप्त गर्नुभयो ।
अमेरिका क्षेत्रीय उपाध्यक्षमा निर्वाचित ज्ञवालीले ९०३ मत पाउँदा उहाँका प्रतिस्पर्धी गीता बजगाईंले ४५३ मत र अग्नि पराजुलीले ७२ मत प्राप्त गर्नुभयो ।
१ हजार २ सय २ मत प्राप्त गरी महासचिव पदमा पुनः विजयी हुनुभएका राजु सिटौलाका प्रतिस्पर्धी सहदेव कोइरालाले २७१ मत प्राप्त गर्नुभयो ।
विजयी सदस्यहरूमा मिरा कोइरालाले १ हजार २ सय ३, महेश्वर पन्तले १ हजार ८९, राजेन्द्र केसीले १ हजार ७, हरिमाया अधिकारीले ९४४ र डा. पारसमणि दंगालले ९३० मत प्राप्त गर्नुभयो ।
सदस्य पदका अन्य उम्मेदवारहरू डा. कृष्ण शाह ‘यात्री’, नीलकण्ठ सुवेदी र पिपलमणि सिग्देल हुनुहुन्थ्यो । उहाँहरूले क्रमशः ८३२, ६४६ र ६३४ मत प्राप्त गर्नुभयो ।
अनेसासको आगामी दुई वर्षे कार्यकालको लागि सचिवमा ऋषभदेव घिमिरे, कोषाध्यक्षमा पुष्पा खनाल र क्षेत्रीय उपाध्यक्षहरूमा दिनेशराज ज्ञवाली (एशिया), राज श्रेष्ठ (युरोप) र डा. प्रकाश पौडेल (ओसेनिया) निर्विरोध निर्वाचित हुनुभएको थियो भने अफ्रिका क्षेत्रीय उपाध्यक्षमा कसैको पनि उम्मेदवारी नपर्दा रिक्त रहेको छ ।
विश्वका विभिन्न मुलुकमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय अनेसासले नयाँ नेतृत्वसँगै साहित्यिक सिर्जना, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्वभरका नेपाली साहित्यकारहरूबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
पदाधिकारी तथा सदस्यहरूको पूर्ण सूची यस्तो छ:

